
काठमाडौं, २३ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–नाइन्टिन)को सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो ।















प्रतिक्रिया