४ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन निजी क्षेत्रलाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ फागुन । सरकारले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गरेको छ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्रीसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिनुभयो।

बैठकले सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहँुचमार्गलगायतका संरचनाहरू निर्माण गर्नका लागि ६ दशमलव ९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रूख बिरुवाहरू हटाउनसमेत स्वीकृति दिने निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो।

बैठकले आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने निर्णय गरेको छ। नेपाल गुणस्तर साधारण पोर्टल्यान्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेड विशिष्टीकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।

बैठकले कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्त गर्ने निर्णय गर्दै सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका कानुनी सल्लाहकार युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ।

चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गरिएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गत आव २०७६/७७ मा सञ्चालनमा रहेका आयोजनाका लागि राजपत्रांकित पदका पाँचवटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ। यसैगरी नेपाल र बंगलादेशबीच हुने विभिन्न समझदारीपत्रमा नेपालका तर्फबाट हस्ताक्षर गर्न सम्बन्धित व्यक्तिलाई अख्तियारी दिइएको छ। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।