६ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीमा भर्खरै राजीनामा दिएका डिएसपी खिउजु बलात्कार अभियोगमा पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । एक युवतीलाई प्रहरी रिपोर्ट बनाउन सहयोग गर्छु भनी पटक पटक बलात्कार गरेको अभियोग लागेका नेपाल प्रहरीबाट राजीनामा गरेका नायव उपरिक्षक (डिएसपी) राजकुमार खिउजुलाई बुधबार पक्राउ गरिएको छ ।

भक्तपुरबाट उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीले पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखेको छ ।

३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी रिपोर्ट बनाउन सहयोग लिन पुगेकी युवतीलाई कार्यकक्षमा नै बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

त्यसपछि जावलाखेलको कोठामा राखेर ६ महिनासम्म डिएसपी खिउजुले डराई धम्काई यौन शोषण गरेको ति युवतीको भनाई छ । खिउजुविरुद्ध प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा जानकारी पुगेको थियो । तर कार्यान्वयन नभएपछि उनले २२ माघमा किटानी जाहेरी दिएकी थिइन् ।

खिउजु त्यसपछि भने फरार रहेका थिए ।