१ कार्तिक २०८३, आइतबार

३६ करोडको लागतमा भैरहवाकाे भिम अस्पतालको नयाँ भवन बन्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, २१ फागुन । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालको गुरुयोजना तयार भएको छ । करिव ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण हुने भएको हो । १९९० मा स्थापना भएको जिल्ला अस्पताल अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुने भएको छ ।

अस्पतलालाई स्तरोन्नति गर्ने विषयमा मंगलबार प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय र भिम अस्पतालबीच भवनको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडी बढाउने विषयमा छलफल भएको हो ।

निर्माण हुन लागेको उक्त भवन ३ तलाको हुने बताइएको छ । अस्पताल १ सय शैय्याको हुनेछ । भवनको माथि हेलिप्याड समेत रहने उल्लेख गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले अव बन्ने जिल्ला अस्पताल अत्याधुनि सुविधा सहितको हुने बताए । दर्नालका अनुसार नयाँ निर्माण हुने अस्पतालले दिने सुविधा वाट यस क्षेत्रका बिरामी सन्तुष्ट हुने जानकारी दिए ।

अस्पतालका सुचना अधिकारी डा गोपाल उपाध्यायले अस्पतालले भैरहवा क्षेत्रमा उपचारका लागी आउने विशेषत रुपन्देही दक्षिणी भेगकका बिरामीहरुलाई लक्षित गरेर सुविधा सम्पन्न बनाइने बताए । उपाध्यायका अनुसार अस्पताल निर्माण भएपछि यस क्षेत्रकै नमुना अस्पताल हुनेछ ।

गुरुयोजना निर्माण पछि यस आर्थिक बर्ष भित्रनै प्रदेश नं ५ समाजिक विकास मन्त्रालयले टेण्डर आह्वान गरेर निर्माण कार्य शुरु गर्नेछ । अस्पताल निर्माण शुरु भएपछि २ बर्ष भित्र सक्ने लक्ष्य रहेको छ । अस्पताल प्रदेश सरकारको बजेटमा निर्माण हुनेछ ।

विस १९९० मा ३ शैया सहित स्थापनमा भएको अस्पताल विस २०३५ सालमा १५ शैयामा स्तरोन्नति भएको थियो भने विस २०४० सालमा २५ शैयामा स्तरोन्नति भएको हो । पछिल्लो समय २५ शैयाको स्विकृत भएपनि अस्पताल व्यवस्थापन समितीले ६८ बेडमा अस्पताल संचालन गर्दै आएको छ ।

२ बिघा ८ कट्ठा क्षेत्रफलमा बन्ने अस्पतालमा तिन वटा मुख्य भाग हुनेछ जसमा इमरजेन्सी ब्लक, मुख्य भवन र मेटरनिटी ब्लक रहेको छ । इमरजेन्सी ब्लक हेलिप्याड सहितको हुनेछ जसबाट हेलिकप्टर मार्फत बिरामीहरु ल्याएर इमरजेन्सीमा भर्ना गर्न सकिनेछ । यसैगरी मेटरनिटी ब्लकमा महिलाहरुको लागी उपचार सेवा प्रदान गरिनेछ । मुख्य भवनमा अस्पालको अन्य सवै सेवा रहनेछ ।

अस्पतालले हाल ओपिडि सेवा मार्फत जेनेरल फिजिसियन, वालरोग बिशेषज्ञ, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, सल्यक्रिया द्वारा डेलिभरी, २४ घण्टा इमरजेन्सी सेवा, ल्याव सेवा, फार्मेशी, एक्सरे, भिडियो एक्सरे, मुटुको इसिजी, डेन एक्सपर्ट, डट्स लगायतका सेवा उपलब्ध गराउदै आएको छ ।

अस्पताल निर्माण भएपछि जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर सहितको आइसियु, ब्लड बैंक, समाजिक सेवा इकाइ, ओसिएमसी कार्यक्रम सुरु हुनेछ ।

नयाँ बन्ने अस्पतालमा विभिन्न वार्ड रहनेछन् जसमा मेडिकल वार्ड, सर्जिकल वार्ड, प्यडरेटिक वार्ड, गाइनाकोलोजी वार्ड रहेका छन् । अस्पालमा अत्याधुनिक एम्बुलेन्स सेवा पनि हुनेछ ।

अस्पतालमा बिरामीहरुको लागि वाटर फाउन्टेन सहितको पार्क निर्माणपनि गरिनेछ । अस्पतालमा अन्डरग्राउन्ड पार्किङ र साधारण पार्किङ समेत हुनेछ ।