
काठमाडौँ, २१ फागुन । सत्तारुढ नेकपाले सबै तहका कमिटीलाई कोरोना भाइरस संक्रमणबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा बनाउन र प्रत्येक घरमा पुर्याउन निर्देशन दिएको छ ।
महासचिव विष्णु पौडेलले वुधबार अन्तरिक सुर्कुलर जारी गर्दै सबै तहका कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोनाबाट बच्ने उपायबारे जानकारीमूलक कार्यक्रम गर्न भनिएको छ ।
त्यस्तै, पार्टीले कुनै किसिमको ठूलो भेला तथा जनसभाहरु भने स्थगित गरेको छ ।
कोरोना भाइरसबाट जोगिन सरकारले ठूला भेला तथा सम्मेलन नगर्न अपील गरेको भन्दै नेकपाले ठूला भेला र जनसभाहरु नगर्ने निर्णय गरेको हो ।
यद्यपि पार्टीको सदस्यता बनाउने कार्यक्रम भने जारी राख्न सर्कुलरमा भनिएको छ ।















प्रतिक्रिया