६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान १० बजेदेखि शल्यक्रिया थालिएको थियो । ३ बजेसम्म गरिएको शल्यक्रिया सफल भएको बताइएको छ ।

मिर्गौला रोग विशेषज्ञ प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो । उक्त टोलीमा रहेका डा. अरुण सायमीका अनुसार प्रत्यारोपणपछि गरिएको युरिन टेस्ट म्याच भएको छ ।

प्रत्यारोपणका क्रममा सहयोगका लागि ०६४ सालमा भारतको एपोलो अस्पतालमा शल्यक्रिया गरेका डाक्टर अनन्तकुमार पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । चिकित्सक टोलीले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिनेछन् ।

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा सुधार आउने, एक हप्तासम्म आराम गर्नुपर्ने र तीन हप्तापछि नियमित काममा जान सक्ने बताइएको छ ।