१ कार्तिक २०८३, आइतबार

भीषण वर्षा र पहिरोले ब्राजिलमा २३ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राजिल, २१ फागुन । भीषण वर्षा र त्यसपछि गएको पहिरोका कारण ब्राजिलमा कम्तिमा २३ जनाको ज्यान गएको छ ।

अरु ३० जना बेपत्ता रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलको साओ पाउलो र रियो दी जेनेरियोका तटीय क्षेत्रमा वर्षा तथा पहिरोले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बेपत्ताहरुका खोजीमा उद्धारकर्मी लागेका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

साओ पाउलो पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सो राज्यमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक आमा र उनको सन्तान तथा दुई उद्धारकर्मी पनि छन् ।