३ कार्तिक २०८३, मंगलबार

चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ फागुन । फुटबल क्लब चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरपुल भने एफए कपबाट बाहिरिएको छ । पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गर्यो ।

लिभरपुलका गोलकिपर एड्रियनको गल्तीको फाइदा उठाउँदै विलियनले १३ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा रोस बार्कलीले चेल्सीको अग्रता दोब्बर बनाए । र क्लबको जित सुनिश्चित गरे । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्दैछ । पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो ।