४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रम बिथोलिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपालस्थित कूटनीतिक समुदायले पूर्वनिर्धारित कार्यक्रम स्थागित गरेका छन्। अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा फोहोरा दरबारमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरेको छ। कतारले चन्द्रगिरीमा गर्न आइतबार लागेको फुड फेस्टिबल स्थगन गरेको छ। विभिन्न ८२ मुलुक सहभागी रहने दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन पनि स्थगित भएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरेका छन्। नेपाल सरकारले पनि ठूला जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। विदेश भ्रमणको तयारीमा रहेका मन्त्री, सांसद र कर्मचारीले कार्यक्रम स्थगित गरेका छन्।

संसारभर यस्ता कार्यक्रम स्थागित भइरहेका छन। राष्ट्रसंघका महासचिव गुटेरेसले न्युयोर्क र अन्य मुलुकमा तय गरेका कार्यक्रम रद्द गराएका छन्।

गुटेरसले मुख्य कार्यक्रम छोट्याउन र सहायक कार्यक्रम रद्द गर्न सुझाव दिएका छन्। राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर कोरोना भाइरस फैलिएका कारण राष्ट्रसंघले सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गरेको बताएकी छन्।

चर्को आर्थिक अभाव भोगिरहेको राष्ट्रसंघले यसअघि पनि ठूला कार्यक्रम नगर्न र यात्रा नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको थियो।

एसिया र प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) ले काठमाडौंमा बुधबारदेखि तीनदिने कार्यक्रम गर्दै छ। सम्मेलनको तयारी पूरा भएको र पाहुना आइसकेकाले छोटो रूपमा कार्यक्रम सकिने बताइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।