१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड अस्पतालमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका ओलीलाई मंगलबार साँझ प्रचण्डले अस्पताल नै पुगेर भेटेका छन् ।

दुई अध्यक्षबीच करिब १५ मिनेट कुराकानीमा प्रधानमन्त्रीले आफू मिर्गौला प्रत्यारोपणका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए ।
प्रचण्डले ओलीलाई निर्धक्क भएर उपचार गर्न भनेका थिए ।

सामान्य रुघा लागेका कारण प्रचण्ड पनि खुमलटारस्थित निवासमै आराम गरेर बसेका थिए । मंगलबार भने उनी प्रधानमन्त्री भेट्न अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।