१ कार्तिक २०८३, आइतबार

६ किलो सुनसहित एक भारतीय पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २० फागुन । मकवानपुर प्रहरीले हेटौँडाबाट ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हैटौंडा–१५, रातोमाटेबाट आज बिहान साढे ४ बजे भारत कर्नाटकका ४२ वर्षीया अब्दुल मजिद अनेकललाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसमा जाँच गर्दा अनेकललाई सुनसहित पक्राउ गरेको हो ।

बरामद गरिएको सुनको मूल्य ४ करोड २७ लाख ५८ हजार ७७४ रूपैयाँ रहेको जनाइएकाे छ ।

सुनसहित अनेकललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।