
काठमाडौँ, २० फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस कोभिड १९ को संक्रमण विश्वका विभिन्न देशमा तिव्र गतिमा फैलिरहेको छ ।
अमेरिकामा मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ । १८ जनामा संक्रमण भेटिएको छ । अमेरिकाका १० राज्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा चीनबाहिर ९ गुणाले संक्रमण बढेको जानकारी दिएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ । चीनमा भने पछिल्लो समय संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ ।















प्रतिक्रिया