लण्डन, २० फागुन । बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन् ।
उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् । उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन् ।
यो घोषणासँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा बिहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । जोनसनको पत्नी भारतीय मूलकी मारिना ह्विल हुन् ।
उनीहरूको सम्बन्ध विच्छेदको अवस्था अन्तिम चरणमा पुगेको छ। फ्रैबुअरीको सुरुमै उनीहरुले सम्बन्ध विच्छेदको औपचारिकता पूरा गर्दै एक वित्तीय सम्झौतामा सहमतिसमेत गरेका छन् ।















प्रतिक्रिया