शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सलमानको ‘राधे- यु आर मस्ट वान्टेड भाइ’ इदमा रिलिज

दैनिक नेपाल २०७६ फागुन २० गते ७:२९

मुम्बइ । सलमान खानको फिल्म ‘राधे- यु आर मस्ट वान्टेड भाइ’को प्रदर्शन मिति तय गरिएको छ । यशराज फिल्मसले निर्माण गरेको फिल्म यही वर्षको इदको अवसरमा मे २२ मा प्रदर्शनमा आउनेछ ।

यससँगै यशराज फिल्मसले फिल्मको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा सलमान खानको एक्सन अन्दाजवाला तस्बिर हेर्न सकिन्छ ।

फिल्मको टिजर छिट्टै सार्वजनिक गरिने बताइएको छ । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् ।

फिल्ममा सलमान खान र दीशा पाटनीको मुख्य भूमिका रहनेछ । त्यसका अलवा रणदीप हुडा, ज्याकी श्राफ पनि फिल्ममा देखिनेछन् ।

इदमा प्रदर्शन हुने सलमान खानको यो आठौं फिल्म हो । उनी प्रायजसो इदमै आफ्नो फिल्म प्रदर्शनमा ल्याउने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित