आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

मेबाईल बैंकिङ मेला सुरू, ५० हजार रूपैयाँका साथै दुबई ट्रिप जित्न सकिने

दैनिक नेपाल २०७६ फागुन १९ गते २१:२९

काठमाडौँ, १९ फागुन । एफवान सफ्ट ग्रुपको सहायक कम्पनी नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोनपे’ले मानिसहरूलाई डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले मोबाईल बैंकिङ मेलाको आयोजना गरेको छ ।

मोबाईल बैंकिङ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक खातामा कारोबार तथा लेनदेन गर्न सकिन्छ । मोबाईल बैंकिङ प्रयोग गर्नका लागी ग्राहकले आफ्नो मोबाईल बैंकिङ एप्लिकेशन डाउनलोड गरि एक्टिभेट गर्नुपर्नेछ ।

मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधाले बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सुविधाजनक र सरल रूपमा लिन सकिन्छ ।

मोबाईल बैंकिङ एक्टिभेसन अभियानको मोबाईल बैकिङ मेला फेब्रुअरी २२ देखि सुरू भएको हो । यस मेलाको मूख्य आकर्षण भनेको ‘स्पिन द वील ’ हो ।

जहाँ (वील)पांग्रा घुमाएर ५० हजार रूपैयाँसम्म जित्न सकिनेछ । यसबाहेक मोबाईल एक्टिभेसन अभियान गर्नासाथ अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । जहाँ ग्राहक र मर्चेन्ट दुबई भ्रमण योजनामा सहभागी हुन सक्नेछन् ।

कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता मोबाईल बैंकिङ प्रयोग गरि स्क्यान टु पे सुविधामार्फत भुक्तान गरेर यस योजनामा सहभागी हुन सकिनेछ । यो योजनामा ग्राहक र मर्चेन्ट दुबैजना सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २ सम्म सञ्चालन हुनेछ ।

विजेता दैनिक,साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् ।

यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिपका विजेताले थप तीन जनालाई पनि दुबई भ्रमणमा लैजान पाउनेछन् ।

नेपाली क्रिकेट खेलाडीका पूर्व कप्तान पारस खड्काले साप्ताहिक मोबाईल बिजेता र पहिलो महिनाको दुबई ट्रिप विजेतालाई पुरस्कार हस्तान्तरण गरे ।

मोबाईल बैंकिङ मेला आइप्लेक्स मलबाट सुरू भएको छ । साथै यो मेला हरेक सनिबार अन्य मलहरूमा समेत सञ्चालन हुनेछ । आगामी मेला चावहलिमा रहेको केएल टावरमा फेब्रुअरी २९ मा आयोजना हुनेछ ।

फोन पेमा ५० भन्दा बैंक तथा वित्तिय संस्था सदस्य रहेका छन् । जहाँबाट ८० लाख मोबाईल बैंकिङ सदस्यहरूले सरल, सुलभ र सुरक्षित तवरले डिजिटल रूपमा वित्तीय कारोबार गर्दछन् ।

केएल टावरमा मोबाईल बैंकिङ मेला सम्पन्न, आगामी मेला सिभिल मलमा मार्च ८ मा

डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले आइप्लेक्स् मलमा सफलता पूर्वक मोबाईल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ ।

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्नेछ ।

‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँच जस्ता थुप्रै सेवा लिन सकिनेछ ।

मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी, हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरल रूपमा लिन सकिन्छ ।

मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रविन्दु बनेको छ ।

सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइइल टपअप जस्ता उपहार जित्न सकिनेछ । मेलामा सहभागी सबै जनामध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्न सकिनेछ । बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ ।

यसबाहेक यो योजनामा सहभागीहरू फोन पे र्को अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ ।

कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाईल बैंकिङ एप मार्फत क्युआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ ।

उपहार विजेता दैनिक,साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् ।

यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् ।

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीता जनाइ ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गर्नुभयो । अर्को मोबाईल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित