१ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रमहरु स्थगन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित प्रकोपलाई मध्यनजर गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिएका छन् ।

उपराष्ट्रपति पुनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै उनको पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जनाएका छन् ।

सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सृजना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उपराष्ट्रपति अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी हुने छैनन् ।

साथै, उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रण सम्बन्धी सरकारको योजनामा सघाउन अपील गर्दै नआत्तेर सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।