१ कार्तिक २०८३, आइतबार

आफ्नो स्वास्थ्यबारे ढुक्क रहन प्रधानमन्त्री ओलीको आग्रह (भिडियाे सन्देश)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु । ओलीको वुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उनलाई भान्जीले मिर्गौला दिनेछिन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताएका छन् । उनले भने, संसारमा केही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जाग्रित हुँदै गरेका सपनाहरुलाई साकार पार्न हो ।’

आफू अस्पतालमा रहँदा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय होस्, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।’

उनले आफ्नो स्वास्थलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

भिडियाे

https://www.youtube.com/watch?time_continue=157&v=QdB1RL6TNI8&feature=emb_logo