१ कार्तिक २०८३, आइतबार

सर्वाेच्चद्धारा कोरोना संक्रमित ५ देशबाट आउने उडान रोक्न आदेश जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । सर्वोच्च अदालतले कोरोना भाइरसको उच्च संक्रमण देखिएका देशबाट आउने उडानहरु रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले कोरोना सुरु भएको देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानआदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउने फैसला गरेको हो ।