१ कार्तिक २०८३, आइतबार

बसाई अमेरिका, मन गाउँमै

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १९ फागुन । सहयोग गर्नु त गाउँमै गर्नुपर्छ भन्ने भनाई यहाँका एक युवाले चरितार्थ गरेका छन् । पछिल्लोपटक जनविकास माध्यामिक विद्यालय ज्यामिरकोट रुकुम पश्चिमलाई एकपछि अर्का मनकारी दाताले सहयोग गर्दै आएका छन् ।

यसैबीच जनविकास माविलाई अर्का मनकारी दाताले ठुलो सहयोग गरेका छन् । आ न पा १४ का युवा हाल अमेरिका निवासी जलन मल्लले विद्यालयलाई करिव २० हजार बराबरको नयाँ दराज र पाँच हजार बराबरका पुस्तक उपहार स्वरुप प्रदान गरेका छन् ।

यस्तै युवाहरुको नयाँ सोचले विद्यालय र सभ्य समाज निर्माण गर्न प्रेरणा मिल्ने प्रधानाध्यापक दिपक सङगम थापाले बताए । सहयोग गर्ने मनकारी दातालाइ विद्यालयको तर्फबाट प्रअ थापाले धन्यवाद दिएका छन् ।