
ललितपुर, १९ फागुन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका २ सानेपास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ सुन्धारा बस्ने उदयपुर घर भएका ३२ वर्षीय बिरधन राई र सोही ठाउँ बस्ने नविन राई रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले बा.१ ख ६९५२ नम्बरको बस जाँच गर्ने क्रममा उक्त नगद दिई प्रालोभनमा पार्ने खोजे पश्चात उक्त नगद सहित चालक बिरधन र सहचालक नविनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया