न्युयाेर्क, १९ फागुन । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेका पिट बुटजजले उम्मेदवारीको होड अन्त्य गरेका छन् ।
साउथ क्यारोलाइनामा अपेक्षाकृति प्रदर्शन गर्न नसकेपछि इन्डियाना राज्यको साउथबेण्डका पूर्व मेयर पिटले चुनावी अभियान अन्त्य गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
पिटले आयोवामा भएको डेमोक्र्याटिक पार्टीको पहिलो ककसमा पहिलो स्थान हाँसिल गरेका थिए । उनले न्यूह्याम्पसरमा पनि राम्रो प्रदर्शन गर्दै सिनेटर बर्नी सान्डर्स भन्दा पछि दोस्रो स्थानमा रहेका थिए । नेभेडामा ठीकै गरेका उनले साउथ क्यारोलाइनामा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।
सुपर ट्युसडे अन्तर्गत आउँदो मंगलबार १४ राज्यमा उम्मेदवार छान्नका लागि डेमोक्र्याटले मतदान गर्दै छन् । त्यसको पूर्व सन्ध्यामा मेयर पिटले अप्रत्यासित रुपमा आफ्नो चुनावी अभियान अन्त्य भएको घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया