शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटनद्धारा टोटनह्याम पराजित

दैनिक नेपाल २०७६ फागुन १९ गते ८:२८

काठमाडाैं, १९ फागुन ।  इंग्लिश प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई ३–२ ले हराएको छ ।

गएराति टोटनह्यामको मैदानमा भएको खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन म्याट डोहेर्टी, डिएगो जोटा र राउल जिमिनेजले एक एक गोल गरे ।

पराजित टोली टोटनह्यामका स्टेभेन बर्गविन र सर्जी औरियरले दुई गोल फर्काए । जितसँगै वुल्भरह्याम्पटन वान्डरर्स २८ खेलबाट ४२ अंक जोड्दै प्रिमियर लिगको छेटौं स्थानमा उक्लिएको छ ।

४० अंक जोडेको टोटनहम सातौं स्थानमा छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई एभर्टनले १–१ गोलको बराबरीमा रोकेको छ ।

एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीका डोमिनिक काल्भर्ट लेविनले पहिलो गोल गरे । तर, खेलको ३१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले एक गोल फर्काउदै युनाइटेडलाई हारबाट जोगाए ।

एभर्टनसँगको बराबरीपछि २८ खेलबाट ४२ अंक जोडेको युनाइटेड तालिकाको पाँचौं स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन भने ११ औं स्थानमा रहेको छ । प्रिमियर लिगमा ७९ अंकसहित लिभरपुल शिर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित