बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बार्सिलोना स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिड पराजित

दैनिक नेपाल २०७६ फागुन १९ गते ७:२७

लण्डन, १९ फागुन । स्पेनिस एल क्लासिको फुटबलमा फुटबल क्लब बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ ।

आइतबार राति रियलले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो । खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लागेर गोल भएको थियो ।

इन्जुरी समयमा बेन्चबाट (बैकल्पिक खेलाडीको रुपमा) मैदान छिरेका मारियानो स्ट्रकले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गरे । जितसँगै एल क्लासिकोमा रियल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको ५६ अंक छ ।

बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । बार्सिलोनको तर्फबाट पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपरले दुवैको प्रयासलाई असफल बनाइदिएका थिए ।

एल क्लासिकोको जितले प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले मात्र एक अंक बटुलेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमा पराजित भएपछि प्रशिक्षक जिदान दबाबमा थिए ।

प्रतिक्रिया
सम्बन्धित