काठमाडौं, १९ फागुन । कानूनको प्रभावकारी कार्यान्वयन गर्न राज्य चुक्नु, गरिबी, अशिक्षा र चेतनाको कमीका कारण बोक्साबोक्सी र दाइजोजस्ता कुप्रथाका साथै एसिड आक्रमणका घटना बढेको सांसदहरूको भनाइ छ ।
सत्तारुढ नेकपाकी सांसद बिन्दा पाण्डेले प्रतिनिधिसभामा राखेको विशेष महत्वको प्रस्तावमा धारणा राख्दै सांसदहरूले कानुनको प्रभावकारी कार्यान्वयन गर्दै समाजमा व्याप्त कुप्रथाविरुद्ध स्थानीय तहमा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।
सांसदपाण्डेले ‘बोक्साबोक्सी, दाइजोलगायत कुरीति तथा एसिड प्रहारजस्ताआपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, संवेदनशील र अमर्यादित प्रथा प्रचलन रकुरीति विकृतिको अन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियानसञ्चालन गर्न आवश्यक भएको’भन्दै प्रस्ताव गरेकोजरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरूले राज्य सञ्चालक र कानुन निर्मातालेनिर्णायक भूमिका खेल्नुपर्ने बताएका हुन्।
सांसदहरूलेअहिलेको पुस्ताले नै यी कुप्रथाको अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखेकाथिए। आगामी पुस्ताले दाइजो र बोक्साबोक्सीजस्ता कुप्रथा तथा एसिड आक्रमण जस्ता जघन्य अपराध भोग्न नपरोस् भनेर बहस होस् र तीविकृति उन्मूलनका लागि राज्यका निकायले भूमिका खेलुन् भनेर उक्त प्रस्ताव ल्याएकोसांसद पाण्डेले बताइन्।
‘अब जन्मने छोरीहरूले त्यो अवस्था भोग्न नपरोस्। विद्यालय जान पाउन्,’ प्रस्ताव प्रस्तुत गर्दै उनले भनिन्। महिलाको आत्मसम्मान र आत्मविश्वासबढाउनका लागि उक्त प्रस्ताव ल्याएको उनको भनाइ थियो। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया