४ कार्तिक २०८३, बुधबार

अलमलमै देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १९ फागुन । १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको नारा थियो–‘सुदृढ कांग्रेसका लागि दृढ देउवा।’ त्यति मात्र होइन, देउवाले प्रत्येक महाधिवेशन प्रतिनिधिलाई उनीहरूको राजनीतिक प्रोफाइलसहितको पत्र लेखे। पत्रमा आफू सभापति निर्वाचित भए सबैलाई पार्टीमा मूल्यांकन गर्ने र उचित स्थान दिने उल्लेख थियो।

गुट हावी भएको र नेतृत्वले समान अवसर नदिएको भन्दै तत्कालीन नेतृत्वको आलोचना भइरहेका बेला देउवाले गुटगत राजनीतिबाट पार्टीलाई बाहिर ल्याउने नारा दिए। उनले परिणामसमेत आफ्नो पक्षमा ल्याए। देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल शुक्रबार सकिँदै छ।

संगठन सुदृढ बनाउने र पार्टीभित्र सबैलाई मिलाएर लैजाने नारा दिएका देउवाको चारवर्षे कार्यकाल अघिल्ला नेतृत्वभन्दा फरक देखिएन। पार्टीमा गुटगत राजनीति संस्थागत बन्न पुग्यो भने संगठन कमजोर भयो। न उनले विधानअनुसार पार्टी सञ्चालन गर्न सके न त पार्टीलाई एकढिक्का नै राख्न सके।

महाधिवेशनमा देउवा समूहबाट महामन्त्री उम्मेदवार बनेका अर्जुननरसिंह केसी पार्टी अस्तव्यस्त बनेको टिप्पणी गर्छन्। ‘आफ्नै वरपर बस्ने र गुटको सीमित स्वार्थमा अल्झिने परिस्थिति बन्यो। उहाँले पार्टीलाई पुनर्जीवित गर्न सक्नुभएन’, केसी भन्छन्, ‘पार्टी सभापति सबैको साझा संस्था हो। विचारमा भिन्नताका बाबजुद सबैलाई संयोजन गर्नेतर्फ सोच्नुपथ्र्याे, त्यो भएन।’

सुरुमा देउवासँगै रहेका डा. चन्द्र भण्डारी सभापतिले गुट बलियो बनाउने गरी पार्टी सञ्चालन गरेको बताउँछन्। ‘उहाँले गुटलाई प्राथमिकता दिनुभयो’, उनी भन्छन्, ‘न विधिअनुसार पार्टी चलाउनुभयो न त विवेक प्रयोग गरी पार्टीमा सबैलाई न्याय र अवसर दिनुभयो।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।