
काठमाडौँ, १८ फागुन । कोरोना भाइरस संक्रमणको आशंकामा चीनबाट आएका १ जना र कोरियाबाट आए ३ जना गरी ४ जना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
भर्ना भएका सबै पुरुष रहेका छन् । संक्रमित देशरुबाट आएकाहरुको नियमित परीक्षणका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।
अहिलेसम्म २३ जनालाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको थियो जसमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।















प्रतिक्रिया