१ कार्तिक २०८३, आइतबार

नेपाली सेनाद्धारा सुपथ मूल्य पसल सञ्चालन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । नेपाली सेनाले सुपथ मूल्य पसल (क्यान्टिन) सञ्चालनमा ल्याएको छ ।

पसलको एक कार्यक्रमबीच त्रिपुरेश्वरस्थित सेनाको मुख्यालयस्थित एमईएस परिसरभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे ।

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि सो पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्य पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।

सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।