
काठमाडौँ, १८ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पीओएस तथा ई-कमर्स कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउनेछन् ।
जस अन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनेछन् तथा कम्तीमा २ वटा ई-कमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ ।
यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढी हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया