१ कार्तिक २०८३, आइतबार

सामसङको नयाँ सेट ग्यालेक्सी एस २० तथा एस २०+ को प्रि अडर खुल्ला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी एस २० स्मार्टफोन प्रस्तुत गरेको छ ।

सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ ।

नेपालमा यही फागुन ३० गतेदेखि ग्यालेक्सी एस २० र एस २०+ उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्ने उपभोक्ताहरुले यी फोनहरु सो मिति भन्दा अगाडि पाउनेछन् ।

सामसङका दुवै फोन ग्यालेक्सी एस २० को १ लाख ७ हजार ४ सय ९९ रुपैयाँ र ग्यालेक्सी २०+ सेट १ लाख १९ हजार ४ सय ९९ रुपैयाँमा नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुने छन् ।

ग्यालेक्सी एस २० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्त रुपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई वेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ ।

“सामसङ ग्यालेक्सी एस २० सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ ।” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ । ए आई तथा सामसङको वृहत् इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

एस २० सीरिजमा सामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु रहेका छन् :

उत्कृष्ट दृश्यावलोकन : उच्चस्तरीय फोटो खिच्नको लागि एस २० सीरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ ।

सुपर जुम : दुवै फोनमा ३० गुणासम्मको जुम रहेको छ ।

सिंगल टेक : सिंगल टेकले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ । यसमा तपाइँले विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन ।

प्रो–ग्रेड–फ्लिमिङ्ग : ग्यालेक्सी एस २० संसारको एकमात्र स्मार्ट फोन हो जसबाट ८ के भिडियो रेकडिङ्ग सकिन्छ ।

नयाँ क्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ ।

यसबाट ८ के क्वालिटीको भिडियो खिच्न सकिन्छ र जुन सामसङको क्वीलेड ८ केमा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै ८ के भिडियोबाट हाइ–रिजोलुसन फोटो पनि निकाल्न सकिन्छ ।

ग्यालेक्सी एस २० तथा एस २०+ फागुन १४ २०७६ देखि सुरु हुने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङको स्टोरमा ५ हजार रुपैयाँ जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस २० दुईवटा रंग कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस २०+ तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध रहने छ ।

ग्यालेक्सी एस २०+ अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि ५ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

साथै, ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकहरुले २ हजार ९ सय ९९ रुपैयाँ थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभि ८ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

साथै अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मि इनका सेवाहरुमा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउनेछन् ।

अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुनेछ ।

साथै अग्रिम अर्डर गर्नुहुने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनेछन् जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटर फ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बसाइ पाउनेछन् । साथै, लेट मि इनको तर्फबाट ५ हजार रुपैयाँ बराबरको कुपन पनि पाउनेछन् ।