१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : अमेरिकामा एक व्यक्तिको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।  चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस तिव्र गतिमा विश्वका विभिन्न मुलुकहरुमा फैलिरहेको छ । कोभिड नाइन्टिन नाम दिइएको यस भाइरसबाट अमेरिकामा एक व्यक्तिको शनिबार मृत्यु भएको छ । मृतक कुनै कोरोना संक्रमित क्षेत्रमा पनि नगएको र सम्पर्कमा पनि नरहेपनि उनको कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।

कोभिड १९ का कारण अमेरिकामा मृत्यु भएको यो पहिलो घटना भए पनि अमेरिकी नागरिकको मृत्यु भएको भने यो पहिलो घटना होइन । यसअघि वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो अमेरिकामा कोभिड-१९ को प्रकोपको खतरा कम रहेको भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप संक्रमणको सम्भावना भए पनि अमेरिका पूर्ण रुपमा तयार रहेको बताए ।

अमेरिकी अधिकारीहरुका अनुसार इरान, दक्षिण कोरिया, इटालीलगायतका देशबाट आउने यात्रुलाई केही समय प्रतिबन्ध लगाइने भएको छ । अमेरिकामा ६८ जनामा संक्रमण देखिएको छ ।

डिसेम्बरमा चीनको वुहानमा कोरोना संक्रमण देखिएयता विश्वभर करिब ३ हजारको मृत्यु भइसकेको छ । त्यस्तै विश्वका ५० भन्दा बढी देशमा ८६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।