बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लियाे

दैनिक नेपाल २०७६ फागुन १८ गते ७:४२

लण्डन, १८ फागुन । इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बोलोगनालाई दुई–शून्यले हराउँदै लाजिलयाे शीर्ष स्थानमा उक्लिएकाे हाे ।

लाजियाे युभेन्टसभन्दा दुई अङ्कले अघि छ । तर युभेन्टसले एक खेल कम खेलेको छ । युभेन्टसको खेल भने कोरोना भाइरसकाे सङ्क्रमणका कारण स्थगित नै गरिएको छ ।

लाजियोलाई जिताउन लुइस अल्बेर्टाे र कार्लोस कोरेराले एक–एक गोल गरे । लाजियाेले दुवै गोल पहिलो हाफमा गरेकाे हाे । १८‍ औँ मिनेटमा लुइसले गोल गर्दै लाजियाेलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै कोरेराले गोल थपेपछि लाजियाेले पहिलो हाफमा दुई–शून्यकाे अग्रता लियो ।

दोस्रो हाफमा थप गोल नभएपछि लाजियो तीन अङ्क बटुल्दै शीर्ष स्थानमा पुग्न सफल भयो ।

शनिबार नै भएकाे अर्काे खेलमा नापाेलीले टाेरिनाेलाई दुई–एक गाेल अन्तरले हराएकाे छ । नापाेलीका लागि काेस्टास मनाेलसले १९ ‍औँ र गियाेभानी डी लाेरिन्जाेले ८२ औँ मिनेटमा गाेल गरे । टाेरिनाका लागि खेलकाे ९१ औँ मिनेटमा सिमाेनी इडेराले सान्त्वना गाेल गरे ।

प्रतिक्रिया
सम्बन्धित