शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नायिका साम्राज्ञी लन्डनमा

दैनिक नेपाल २०७६ फागुन १८ गते ७:२१

लन्डन । नेपाली फिल्मकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह  तेस्रो पटक लन्डन आइपुगेकी छिन् ।

उनी लन्डन घुम्नका लागि आएकी हुन् । ‘यसअघि जहिल्यै काम लिएर आएकाले राम्रोसँग घुम्न पाएकी थिइनँ’, उनले सुनाइन्, ‘बेलायतमा मारुनीको केही सोबाहेक मज्जाले घुम्ने मुड बनाएकी छु ।’

कुन लोकेसन जाने त्यो दिमागमा आइसकेको रहेनछ । देशबाहिर अस्ट्रेलिया, जापानपछि ‘मारुनी’को सोका लागि उनी निर्मात्री पुनम क्षेत्री गौतमका साथ लन्डन आएकी हुन् ।

साम्राज्ञीका फिल्म दर्जन पनि छैनन् । भुवन केसीको ‘ड्रिम्स’ बाट डेब्यु गरेकी उनीमाथि महँगी अभिनेत्रीको ट्याग छ । संख्यात्मक रूपमा थोरै फिल्म हुनुपछाडि उनी उत्कृष्ट मात्र रोज्छिन् वा डिमान्ड नै कम छ ? ‘म क्वान्टिटीभन्दा क्वालिटीमा विश्वास गर्छु,’ सुनाइन्, ‘फिल्म खेल्न विचार त गर्नुपर्छ । स्क्रिप्ट, टिम, ब्यानर, निर्देशक सबै पक्षमा सजग हुन जरुरी छ किनकि नेपाली फिल्म रुचाएर दर्शक हलसम्म आउन थालेको धेरै भएको छैन ।’

उनले फिल्ममा हास्य कुरा मात्र बढिरहेको बेला संवेदनशील विषयमा ‘मारुनी’ राम्रो बनेको बताइन् । बेलायतमा ‘मारुनी’ को पहिलो सो अल्डरसटमा सम्पन्न भइसकेको छ भने आगामी आइतबार उलविचमा प्रदर्शनको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित