
फागुन, १७ काठमाण्डौँ । टोखा नगरपालिका वडा नं १० गंगबु गणेशथानमा रहेको लुनार इङलिस स्कुलले १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
शनिबार विद्यालय प्राङणमा पूर्व मन्त्री एकनाथ ढकालले वार्षिक उत्सवको उद्घाटन गरेका थिए । टोखा नगरपालिका भित्र छुटै पहिचान बनाउन सफल लुनार इङलिस स्कुलले शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत उल्लेख्य सफलता प्राप्त गदै लगेको छ ।
वार्षिक उत्सवका पूर्वमन्त्री ढकालले शिक्षामा गुणस्तरीय सुधार गर्नको निम्ति शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउँदै सबै विद्यालयको भौतिक सुधारले मात्र नभएर शैक्षिक उपलब्धि पनि आम नागरिकले देखिने गरी हुनु पर्ने जोड दिए ।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले विद्यालय आफैमा शैक्षिक कारखाना रहेको बताउँदै त्यहाबाट उत्पादित विद्यार्थी राष्ट्रिय क्षेत्रमा कतिको योगदान दिएका छन् त्यो हर्नेु पर्ने बताए ।
ढकालले पाठयक्रम पढाउनु जतिकै महत्वपूर्ण अतिरिक्त क्रियाकलाप, व्यवहारिक, नैतिक शिक्षा लगायतको पाठहरुपनी विद्यार्थीलाई सिकाउनु पर्नेमा जोड दिए । उनले स्कुलले शिक्षा क्षेत्रमा आफूलाई अवल साबित गदै लगेकोमा बधाई दिए ।
कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा विभाग प्रमुख बाबुराम गौतमले विद्यालयले विद्यार्थीलाई संस्कारको कुरा पनि सिकाउनुपर्नेमा जोड दिँदै विद्यार्थीको मनोभावना बुझेर घोकन्ते बिद्याभन्दा व्यवहारिक शिक्षामा दिनु पर्ने बताए ।
टोखा नगरपालिका बडा नं १० का वडा अध्यक्ष मधुसुदन पाण्डेले विद्यालयमा छोराछोरी पठाएर मात्र अभिभावको जिम्मेवारी पुरा भएको ठान्ने सोचको अन्त्य गनुपर्नेमा जोड दिँदै अहिलेका विद्यार्थीलाई प्रविधि र नेपाली संस्कति दुवैलाई जोडेर शिक्षा दिनु पर्ने बताए ।
लुनार इङलिस स्कुलका पिन्सीपल बलराम भट्टले शिक्षाको उज्याले दिन स्कुल तयार रहेको बताउँदै विद्यार्थीको चौतफी विकासमा विद्यालय लागेको बताए ।
उनले अभिभावकलाई विद्याथीले सक्ने काम लगाउन आग्रह गदै यस्तो गरेमा मात्र विद्यार्थीले समाजलाई चिन्न सक्ने बन्ने बताए । उनले विद्यालयले पढाईसँग विद्यार्थीसँग भएको फरक क्षमताको विकासमा समेत विद्यालय लागेको बताए ।
समारोहमा पूर्वमन्त्री एकनाथ ढकालले शिक्षासेवी श्याम कृष्ण ढकाल, मुत्तिनाथ ढकाल र शिव प्रसाद ढकाललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

विद्यालयका विभिन्न गतिविधिहरुमा सहभागी तथा उत्कृृष्ट नतिजा ल्याउने छात्र छात्रा र सम्मान तथा पुरस्कार वितरण गरीएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोगेन्द्र जङ थापाकोे सभापतित्वमा भएको विद्यालयका संञ्चालक इश्वर भट्ट नेपाल पत्रकार महासंघ काठमाण्डौँ शाखा कार्यसमिति सदस्य बिष्णु निश्चल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन सुदिप कार्कीले गरेका थिए ।
विद्यालयमा अध्यननरत विभिन्न समुहका विद्यार्थीहरुले सांस्कृतीक प्रस्तुती समेत गरेका थिए भने चर्चित लोक दोहोरी गायक डिला बि.क मानसिह खड्का लगायतका अन्य कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । विद्यालयमा ३५० विद्यार्थी अध्यनरत छन् ।















प्रतिक्रिया