शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नायक अनमोल केसीले निर्माता ठगे

दैनिक नेपाल २०७६ फागुन १७ गते ११:१७

काठमाडौं । अभिनेता एवम् निर्माता भुवन केसीका छोरा अनमोल केसीविरुद्ध प्रहरीमा ठगी काण्डमा उजुरी परेको छ ।

अनमोलविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी गरेको अभियोगमा उजुरी परेको हो ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएर फिल्म नखेलेको भनेर प्रहरीमा उजुरी परेको छ ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले अनमोलविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।

अनमोलसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार अनमोलले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरूको थप २ लाख ५० हजारसमेत सिध्याएको उजुरीमा उल्लेख छ ।

फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ अनमोल सम्पर्कमा नआएको पीडितहरूले उजुरीमा उल्लेख गरेका छन् ।

पीडितहरूले अनमोलले आर्थिक रुपमा क्षति पु¥याएको उजुरीमा उल्लेख गरेका छन् ।

उजुरीमा केसीले हानी नोक्सानी पु¥याइ क्षति बिगो तथा कानून बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

‘होस्टेल’ फिल्मबाट डेब्यु गरेका अनमोल पछिल्लो समय विवादमा आउने गरेका छन् । अनमोलले आफूलाई स्वघोषित रुपमा मेगास्टार बताउने गरेका छन् । ठगी आरोपका विषयमा सम्पर्क गर्न खोज्दा अनमोल सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया
सम्बन्धित