१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : शुक्रबारसम्म विश्वभर दुई हजार बढिको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड नाइन्टिन) बाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म दुई हजार ८७३ पुगेको छ । भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार ८ सयभन्द धेरै रहेको बताइएको छ ।

बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ। मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ। दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो ।

दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ।