१ कार्तिक २०८३, आइतबार

सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात हो : राष्ट्रपति भण्डारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १६ फागुन । सुदुरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात रहेको बताएकी छन् ।

शुक्रबार उग्रतारादेवीको मन्दिरमा दर्शन गरेकी राष्ट्रपति भण्डारीले सुदुरपश्चिम प्रदेशमा विकासको धेरै सम्भावना भएको यो क्षेत्र राष्ट्रको दाहिने आखाँ र दाहिने हातको रुपमा रहेको छ ।

भ्रमण वर्ष २०२० को सिलसिलामा सुदुरपश्चिम प्रदेशका दार्चुला जिल्लाको मालिका अर्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर र डडेल्धुरा जिल्लाको प्रशिद्ध उग्रतारा मन्दिरको दर्शन गरेको राष्ट्रपति भण्डारीले बताईन् ।

राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिका र उग्रतारा क्षेत्र विकास समितिले नागरिक अभिनन्दन सहित सम्मान गरेको थियो यसै गरि क्याम्ब्रीज स्कुल र व्रह्मकुमारी ईश्वरीय विद्यालयले मायाको चिनो प्रदान गरेका थिए ।

नागरिक अभिनन्दन पश्चात राष्ट्रपति भण्डारीले सुदुरपश्चि प्रदेशको भ्रमणको शिलशिलामा जनताहरुबाट धेरै माया र स्नेह पाएकोले आफूलाई थप हौशला प्राप्त भएको बताईन् ।

भ्रमणदलमा सुदुररपश्चिम प्रदेशका प्रदेश प्रमुख सर्मीला कुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरा रहेकी थिइन् ।