
तुलसीपुर, १६ फागुन । तुलसीपुर उपमहानगरपालिकाको छैठौ नगर सभा सम्पन्न भएको छ । उपमहानगरपालिकाको सभाहलमा नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा भएको सभामा विभिन्न ८ वटा विषयगत समितिहरुले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम भएपनि समय अभावका कारण २ वटा समितिले मात्रै प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा नगरप्रवक्ता सुर्यवहादुर डाँगीले २०७६/७७ को संशोधित योजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो भने अर्थ समिति संयोजक माधव वलीले संशोधित करका दरबन्दीहरु प्रस्तुत गरेका थिए ।
योजना अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्दै प्रवक्ता डाँगीले विभिन्न सम्पन्न भएका र हुने प्रक्रियामा रहेका योजनाका वारेमा जानकारी गराएका थिए ।
चालु आर्थिक वर्षलाई सडक वर्षका रुपमा उपमहानगरपालिकाले घोषणा गरेर सडक ग्राभेलको काम सकिन सकिन लागेको बताउँदै कालोपत्रेका लागि विटुमिनको टेण्डर भइसकेको समेत बताएका थिए ।
उनले छिल्लीकोटमा भ्युटावर निर्माण, तरकारी तथा फलफुल वजार सञ्चालन लगायतका विभिन्न योजनाहरु सम्पन्न भएको जानकारी गराएका थिए ।
कार्यक्रममा संशोधित करका दरवन्दीहरुमा आवश्यकता अनुसार केही करहरुमा हेरफेर गरेको जानकारी गराएका थिए । उनले इट््टा उद्योग, चुरोट तथा मदिरा, नागरिकता सर्जिमन, वसपार्क पूर्वाधार शुल्क, वसपार्क होर्डिङ्ग वोर्ड लगायतमा शुल्क घटेको जानकारी गराएका थिए ।
उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको २५ करोड मध्ये साढे १० करोड उठेको प्रगति प्रस्तुत गराएका थिए । प्रक्षेपण गरिएको मध्ये केवल ४३ प्रतिशत मात्रै राजश्व उठेको देखिन्छ । यसैगरी राजश्व संकलनका लागि ठेक्कामा लागेको २८ वटा योजना मध्ये १४ वटा योजना मात्रै ठेक्कामा लागेको बताइएको थियो ।
संयोजक वलीले चालु आर्थिक वर्षमा सम्पत्तिकरमा ६ हजार २ सय ८, व्यवसाय करमा ६ सय १, वहालवाला करमा १ सय ५९ र उद्योगमा १ सय ३७ गरेर कुल ७ हजार १ सय ५ मतदाता थपिएको जानकारी गराएका थिए ।
यसैबीच सुशासन समितिका संयोजक सुर्यवहादुर डाँगीले सुशासन समितिको प्रतिवेदन, सामाजिक समितिका संयोजक कुमार लामिछानेले सामाजिक समितिको प्रतिवेदन, विधेयक समितिका संयोजक देवराज विकले विधेयक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक राजु आचार्यले लेखा समितिको प्रतिवेदन, विपद् व्यवस्थापन तथा वातावरण समितिका संयोजक नवराज लामिछानेले वातावरण सम्बन्धी प्रतिवेदनका साथै न्यायिक समिति सदस्य जानका रेग्मीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत समय अभावका कारण टेवल भएपनि प्रस्तुत हुन सकेनन् ।
अन्य समितिका प्रतिवेदनहरुलाई अर्को नगर सभाको वैठकमा प्रस्तुत गरिने भएको छ ।
अतिक्रमित जग्गामा संलग्नता भेटिए निलम्वन गर्छाैँ : नगरप्रमुख
यसैविच नगर सभाका सदस्यहरुले विभिन्न सञ्चार माध्यममा जग्गा अतिक्रमणमा कार्यपालिका सदस्य र वडा सदस्यको नाम जोडिएको वारेमा प्रश्न गरेका थिए ।
“हामी माथि पनि प्रश्न उठाउने गरेका छन् , यसको वारेमा उपमहानगरपालिले छानविन समिति बनाउनु पर्यो” नगर सभा सदस्य सुवास डाँगीले प्रश्न गरे थिए ।
जसमा अर्का सदस्य सुरेशकुमा श्रेष्ठले पनि उपमहानगरपालिकाले समयमै समिति बनाउनुपर्ने सुझाएका थिए । अतिक्रमित जग्गामा दोष विना नै नाम जोडिएको भन्दै सदस्य दुजमान भण्डारीले तत्काल छानविनका लागि आग्रह गरेका थिए ।
नगरप्रमुख पाण्डेले अतिक्रमित जग्गा कब्जा गर्नेै सबैलाई उपमहानगरपालिको कारवाही गर्ने बताउँदै जनप्रतिनिधिको संलग्नताका वारेमा छलफल गरेर अगाडि बढिने बताए ।
उनले संलग्नता भेटे निलम्वन गर्ने समेत बताए । अतिक्रमित जग्गालाई ३ महिना भित्र थानीय सरकार मातहतमा ल्याइने समेत उनको भनाई थियो । “अव कानुन उल्लंघन गरेर कसैले पनि सरकारी जग्गा कब्जा गर्न पाउँदैन” उनको अठोट थियो ।
सो अवसरमा उपमहानगरपालिकाले गर्ने अनुगमन प्रभावकारी हुने नगरेको समेत धेरैको गुनासो थियो । “कोठा कोठामा गएर अनुगमनको कागजमा हस्ताक्षर गरिन्छ, ठाउँमा गएर हेर्ने गर्नुपर्यो” सदस्य घनश्याम वस्नेतले प्रश्न गरेका थिए ।
अर्का सदस्य मदन रसिकले नगर सभा सदस्यलाई डे«सको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए । उनले टिनको छानो वितरणका लागि ढिला भएको प्रति गुनासो समेत गरेका थिए ।
विभिन्न प्रश्नहरुको जवाफ दिदै नगर सभा अध्यक्ष पाण्डेले उपमहानगरपालिकाले छोटो समयमा जनताको मन जितेको वताउँदै कतिपय त्रुटिहरुलाई सच्याएर जाने बताएका थिए । विकासको काममा वडा सरकार वलियो ढंगले लाग्नुपर्ने समेत उनको भनाई थियो ।















प्रतिक्रिया