आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रभु बैंकको नयाँ निक्षेप योजना प्रभु गुडलक सेभिङ्ग सञ्चालनमा

दैनिक नेपाल २०७६ फागुन १६ गते १६:३८

काठमाडौँ, १६ फागुन । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ्ग नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ्ग खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।

प्रभु गुडलक सेभिङ्ग योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङ्ग अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटल लिसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै आईपीओएस, एफपीओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकको यस प्रभु गुडलक सेभिङ्गमा सहभागी हुने विद्यार्थीहरुलाई आफ्नो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्नेछ ।

बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना प्रभु गुडलक सेभिङ्गमा विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरु सहभागी हुनुभई प्रभु बैंक लि. को अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउने भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित