
काठमाडौँ, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध मुद्दा हालेका छन् । आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै उनले शुक्रबार आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका बाँस्कोटाले कमिसनमा मोलमोलाइ गरेको अडियोमा बोल्ने विजयप्रकाश मिश्रविरुद्ध मुद्दा हालेका हुन् ।
उनले ट्वीटरमा लेख्दै उल्लेख गरेका छन्, मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।
उक्त अडियो सार्वजनिक भएकोबारे बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा केही टिप्पणी गरेका छैनन् ।















प्रतिक्रिया