आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा एप्पल प्रोडक्ट खरिदमा विशेष छुट

दैनिक नेपाल २०७६ फागुन १६ गते १५:२०

काठमाडौँ, १६ फागुन । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. (फ्युचर वर्ल्ड) बीच एप्पलका प्रोडक्ट जस्तै आइफोन, आइप्याड, म्याकबुक तथा अन्य एक्सेसरीजमा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजारसम्मका एक्सोसरीज प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता (इएमआई) भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया
सम्बन्धित