६ कार्तिक २०८३, शुक्रबार

गौतमलाई रोके, प्रधानमन्त्री ओलीलाई राजीनामा दिन नेकपा सचिवालयका बहुमत नेताको घुमाउरो धम्की !

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई गरेको सुझाव रोके राजीनामा गरी मार्ग प्रशस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुमाउरो धम्की दिइएको विवरणहरू आएका छन् ।

शुक्रबार बिहान सचिवालयमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालबीच भएको बैठकले ‘अनौपचारिक छलफल’ गरेपछि लेखेरै प्रधानमन्त्री ओलीलाई यस्तो सन्देश पठाइएको विवरण सार्वजनिक भएका हुन् ।

सचिवालयमा ओली अहिले अल्पमतमा रहेका कारण बहुमतले गरेको निर्णयलाई मान्दिन भन्न नपाउने नेताहरूले निष्कर्श निकालेको खुमलटार उच्च स्रोतले जानकारी दियो ।

‘सचिवालयमा सर्वसम्मतीले गौतमलाई राष्ट्रिय सभामा लैजाने भन्ने निर्णय भएको छ, प्रधानमन्त्रीले मानेनन् भने जसले कार्यान्वयन गर्छ त्यसले उहाँको जिम्मेवारीमा बस्छ भन्ने स्पष्ट सन्देश छ’, उच्च स्रोतले भन्यो ।

गौतमको विकल्प खोज्न नसकिने नेताहरूको सहमतिसँगै प्रधानमन्त्रीलाई पठाइएको सन्देशको अर्थचाहिँ अर्को निर्णय गरे, पार्टी निर्णय नमाने राजीनामा गर्न दिइएको धम्कीका रुपमा नै व्याख्या गर्न थालिएको छ ।

त्यसो त शुक्रबारै चितवन पुगेका अध्यक्ष प्रचण्डले सचिवालयको बैठकको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्ने बताइसकेका छन् । उनले प्रधानमन्त्री ओलीले उक्त निर्णय मान्ने विश्वास व्यक्त गर्दै सशक्त रुपमा भने,‘प्रधानमन्त्री जीले त्यो निर्णय मान्नैपर्छ ।’

उनले २१ गते भित्र प्रधानमन्त्रीले गौतमकै नाम राष्ट्रपतिकहाँ सिफारिस गर्ने दाबी गर्नुले पनि खुमलटार बैठकले घुमाउरो पाराले दबाब दिएको भन्ने अर्थमा बुझ्न सकिन्छ । प्रधानमन्त्री ओली उक्त निर्णय मान्ने पक्षमा नभएको भनी समाचारहरू आएका थिए, जसका कारण नेकपाको आन्तरिक विवाद सतहमा पोखिएको थियो ।