१ कार्तिक २०८३, आइतबार

सिरियाद्वारा हवाई आक्रमण, २९ टर्किस सैनिकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ फागुन । सिरियाले गरेको हवाई आक्रमणमा कम्तिमा २९ जना टर्किस सैनिकको मृत्यु भएको छ ।

उत्तर–पश्चिमी सिरियामा भएको हवाई आक्रमणमा सिरियाली सत्ताको सेनाले आक्रामण गरेको टर्कीका शीर्ष अधिकारीले बताएका छन् ।

सिरियाले इडलिब प्रान्तमा गरेको आक्रमणमा धेरैको मृत्यु भएको टर्कीको हाताय प्रान्तका गभर्नर राहमी डोगनले बताएका छन्।

टर्कीका अधिकारीले कम्तिमा २९ जनाको मृत्यु भएको बताए पनि हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या अधिक रहेको अरु खबरमा उल्लेख छ ।

रुसको साथ पाएको सिरियाली सेनाले बिद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तका पुनः आफ्नो कब्जामा पार्न चाहन्छ । इडलिबका बिद्रोहीलाई टर्कीले साथ दिँदै आएको छ ।