
काठमाडौं, १६ फागुन । विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले कुनै पनि देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै सबै देशलाई सचेत रहन आग्रह गरेको छ ।
अहिले कुनै पनि देश ढुक्क भएर बस्ने अवस्था नरहेको भन्दै धेरै भन्द धेरै सावधानी अपनाउन आग्रह गरिएको हो । बिहीबार विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ ।
‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोभिड-१९ भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ। कोभिड-१९ ले बोर्डरको मतलब राख्दैन।’ साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयतको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताए।
चीनमा तुलनात्मक रुपमा कोभिड-१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए।















प्रतिक्रिया