
काठमाडौँ, १५ फागुन । सरकारले फागुन १२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । बैठकले डिजेल र पेट्रोलमा लाग्दै आएको करलाई बढाएर प्रतिलिटर १० रूपैयाँ पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोडको घुस मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन प्रवक्ता गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।
सूचना तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका खतिवडाले सरकारका प्रवक्ताको रुपमा पहिलोपटक क्याबिनेटको निर्णयहरु सुनाएका हुन् ।
त्यस्तै, सरकारले आगामी २०—२१ फागुनमा बंगलादेशमा हुने नेपाल—बंगलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौँ बैठकका लागि उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले संखुवासभा जिल्लामा जग्गा पुनः नाप जाँच गर्नको लागि स्वीकृति दिने निर्णय पनि गरेको छ् ।
यस्ता छन् सकारका निर्णयहरु :















प्रतिक्रिया