
काठमाडौं, १५ फागुन । २४ असारमा नियुक्त हुने नेपाल प्रहरीको २८ औं महानिरिक्षक (आईजी)का लागि ‘ट्रयाक’ खुलेको छ ।
बढुवा समितिले विहीबार भावी आईजी कायम हुनेगरी तीन जना डिआईजीको नाम एआईजी बढुवाका लागि सिफारिस गरेपछि ट्रयाक खुलेको हो ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले तारणीदत्त लम्साल, शैलेश थापा क्षत्री र हरि पाललाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ ।
एक साताभित्र यी तीनै जनाविरुद्ध गम्भिर प्रकारका उजुरी नपरेको खण्डमा आईजीको दौड सुरु हुनेछ । लम्साल बाहलवाला आईजी ज्ञवालीसँगै घर जाने भएकाले थापा र पालबीचको स्पर्धा बलियो देखिनेछ ।
प्रहरी संगठनमा दुवै जनाको छवि धुमिल छैन । थापा शालिन हिसाबले प्रहरी कर्म हुनुपर्छ भन्ने मान्यता राख्छन् भने पाल हिम्मतीलो प्रहरी हुनुपर्छ भन्ने अभ्यासमा छन्, सँधै ।
सुरक्षा मामिला जानकारहरू आउने असारसम्ममा आईजीका लागि पालको पल्ला भारी हुने बताउँछन् । सरकारले गरेको बढुवाको ट्रयाक हेर्दा थापा २ नम्बरमा बढुवा हुने भएकाले ज्ञवाली जसरी नै आईजीमा उनको बढुवा हुन सक्छ, निर्विवाद । यद्यपि, आईजी नियुक्तिको सम्पूर्ण प्राधिकार काम र क्षमता तथा शैलीलाई हेर्ने भएकाले पालको सम्भावना बलियो रहेको बताइन्छ ।
प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षकका अनुसार संगठनलाई कमान्ड गरी गति दिन सक्ने क्षमता डिआईजी पालमा रहेको छ । तर, थापाले पनि संगठनलाई लयमा हिँडाउन सक्ने क्षमता राख्छन् ।















प्रतिक्रिया