आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

दैनिक नेपाल २०७६ फागुन १५ गते १८:०४

काठमाडौँ, १५ फागुन । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बीएस-६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४x४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो ।

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपर खापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।

उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट® टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ ।

यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ ।

एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

डिजेल गेम चेंन्जर – अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ । पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।

एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४x४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिष्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटरमा इलेज दिन्छ ।

फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ ।

उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू छन् । ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ । तीमध्ये केही यस प्रकार छन् :
▪ १० एमएमको अफसेट क्रयांग डिजाइन जसले पिस्टनको साइड लोडलाई कम गर्न तथा सिसिलन्डरको घर्षणलाई कम गर्छ ।
▪ क्यामशाफ्ट र तेल पम्प ड्राइभ बेल्टको लागि बेल्ट इन तेल डिजाइन
▪ एक अनुकूल भल्भ ट्रेनको व्यवस्था
▪ एकीकृत इनलेट मनिफोल्डको लागि नयाँ मिरर इमेज पोर्टि डिजाइन जसले सिलिन्डरहरूमा ठीक हवाको प्रवाह नियन्त्रण गर्दछ ।

यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइड (एडब्लु आर) को प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्दछ ।

विशिष्ट नवीनताहरु

सेलेक्ट शीफ्ट® सहित पहिलोपटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथ यात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ ।

स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट® यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो ।

विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ ।

विशिष्ट एसयूभी हरेक कोणले सबैभन्दा राम्रो

२०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुवै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ ।

यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् ।

आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको यस कारमा निम्न थप विशेषताहरु रहेका छन् ः

  •  आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ ।
  • यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस) को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पुर्याउँछ ।
  • सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् ।
  • उत्कृष्ट ग्राउन्ड क्लियरेन्सकासाथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ ।
  • ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पलकारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाइएलसी ३ लगायतका विशेषताहरु रहेका छन् ।
  • क्याविनमा आवाजलाई कम गर्ने तथाइन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ ।
  • ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ ।
  • फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरीे २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ ।
  • अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुवैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् ।
  • ३ वर्षवा एक लाख किलोमिटर सम्मको वारेन्टी ।

कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य १ करोड ४९ लाख रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित