
काठमाडौँ, १५ फागुन । आकर्षक रोजगारीका लागि फ्रान्स पठाईदिने भन्दै ठगी गर्ने ४३ वर्षीया पुर्णिमा श्रीषलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको दुधराक्ष वडा नं. ५ घर भई हाल काठमाडौँको तारकेश्वर न.पा. वडा नं.१९ बासुकिनाग मार्ग मनमैजुमा बस्ने श्रीषमाथि फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलब हुन्छ भन्दै विभिन्न मितिमा ३ जना व्यक्तिहरुको नगद ३८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको उजुरी परेको थियो ।
उनीविरुद्ध रकम ठगी गरेको भनि शिर बहादुर थापाले यही माघ २८ गते अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रीषलाई फागुन १४ गते मनमैजुबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौँमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाइएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जनाएका छन् ।















प्रतिक्रिया