
काठमाडौं, १५ फागुन । नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ ।
समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको जनाएको हो ।
दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल ९एलएनजेपी अस्पताल० मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।
चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा मच्चाइएको हिंसामा परी सयौं मानिस घाइते भएका छन् ।















प्रतिक्रिया