शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चर्चित टेनिस खेलाडी सारापोभाले खेलाडी जीवनबाट सन्यास लिइन्

दैनिक नेपाल २०७६ फागुन १५ गते ९:४९

लण्डन, १५ फागुन । विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् ।

२१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् ।

सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा पहिलो पटक नै त्यतिबेलाकी नम्बर एक खेलाडी सेरेना विलियम्सलाई हराएकी थिइन् ।

उनले पाँच पटक ग्राण्डस्लाम जितेकी छिन् । जसमा दुई पटक फ्रेन्च ओपन, एक एक पटक यूएस, विम्बल्डन र अष्ट्रेलियन ओपन रहेका छन् । यस्तै डब्लूटीए टुरको उपाधि उनले सन् २००४ मा उचालेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित