
काठमाडौं, १५ फागुन । नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेकसमेतलाई समेटेर नयाँ नक्सा तयार पारेको छ । तयार पारेको नक्सा छिट्टै सार्वजनिक गरी देशव्यापी बनाउने योजना रहेको सरकारले जनाएको छ ।
नेपालको हालको नक्सामा भारतद्धारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नकसा तयार पारेको हो ।
नयाँ नक्सा सार्वजनिक भएपनि भारतसंगको कुटनीतिक वार्ताको तयारी पनि भइरहेको जनाएको छ । भारतले नेपाली भूभाग कालापानी, लिपुले र लिम्पियाधुरालाई समेटेर देशको नयाँ नक्सा सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो ।
नेपालले पनि नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने भन्दै व्यापक जनदवाब बढेसंगै सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।














प्रतिक्रिया